नेपाली विद्यार्थीलाई इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपको सहयोग

Apr 13, 2021

काठमाडौं–थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन्। आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि इभी बनाउन लागेका विद्यार्थीलाई गोल्छा ग्रुपले सहयोग गरेको छ।

ग्रुपले सिएसआरअन्तर्गत इलेक्ट्रिकल भेइकल बनाउने विद्यार्थीहरुलाई सहयोग गरेको हो।सधै नयाँ काम र नयाँ खोजको कदर गर्दै आएको ग्रुपले आगामी दिनम पनि थप सहयोग गर्ने बताएको छ।

अहिले विद्यार्थीहरुले गाडीको चेसिस मात्र बनाएका छन्। कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी रहेको बताइएको छ

विद्यार्थीले सिरेटो टिम बनाएर गाडी निर्माणको काम गर्दै छन् । टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन्।


Related

mentions